परिचय

कृषि ज्ञान केन्द्र धनुषाको आधिकारिक वेबपेजमा स्वागत छ । २०७२ सालमा जारी भएको नयाँ संबैधानिक ब्यबस्था अनुसार कृषि सेवालाई अझ बढी उत्पादनमुखी ,व्यबसाय उन्मुख तथा आर्थिक मेरुदण्डको रुपमा बिकसित गर्न संघ, प्रदेश र स्थानीय तहमा कृषि सेवा स्थापना गर्ने क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशको मातहतमा धनुषा जिल्ला कार्यक्षेत्र रहने गरी वि.सं. २०७५ सालमा कृषि ज्ञान केन्द्र धनुषाको स्थापना भएको हो। सिंचित क्षेत्र को बिस्तार, उन्नत प्रविधि को प्रयोग,कृषकको मागमा आधारित कार्यक्रमको संचालन तथा यान्त्रिकरण को प्रयोगबाट कृषिमा उत्पादन र उत्पादकत्व बृद्दि गरि समग्र कृषकहरुको जीवस्तरमा सुधार ल्याउनु यस कार्यालयको मुख्य उदेश्य रहेको छ।